शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा पहिरोले घर भत्कीदा एक जनाको मृत्यु, एक घाईते

बाजुरामा पहिरोले घर भत्कीदा एक जनाको मृत्यु, एक घाईते

  • सोमवार, अशोज २४, २०७९
बाजुरामा पहिरोले घर भत्कीदा एक जनाको मृत्यु, एक घाईते

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाईते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा पठाएको र मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी पठाईएको  प्रहरीले जनाएको छ ।
सोही गाउँमा पहिरोमा परि ३ परिवार बिस्तापीत भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २ ओटा प्रहरी चौकी समेत जोखीमा परेको जनाएको छ । जगन्नाथ गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीमा पानीको बहाब बढ्न गई जमिन कटान गरी जोखीमा रहेको जनाएको छ । चौकी उच्च जोखिममा रहेको हुदा चौकीको टोली सोही स्थानमा निर्माणाधिन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी हिमाली गाउँपालिकाको कवाडीमा रहेको प्रहरी चौकी समेत कर्णाली नदी र कुवाडी खोलामा पानीको बहाव बढ्न गई अस्थाई प्रहरी पोष्ट कुवाडी समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अबिरल बर्षाका कारण स्वामीकार्तिक खापर गापा ४ फैता स्थित कालिका आधारभुत बिद्यालयको भुईतले ३ कोठे पक्की भवनमा माथिबाट पहिरो आई भवन पुरिएको प्रहरी प्रमुख थापाले बताएका छन ।
हिमाली गा.पा.५ कुवाडी बजारको २ सय ५० मिटर माथिबाट अबिरल बर्षाका कारण पहिरो आई बजारमा रहेका घरहरुमध्ये ७ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । निज घर परिवारहरुलाई सुरक्षित स्थानमा सारेको र मानविय चौपाया क्षेती केही नभएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार