शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • कहिले खुल्छ साँफे-मार्तडी सडक ?

कहिले खुल्छ साँफे-मार्तडी सडक ?

पाच महिना देखि सडक अबरोध

  • सोमवार, अशोज ३१, २०७९
कहिले खुल्छ साँफे-मार्तडी सडक ?

बाजुरा–बाजुराको साँफे मार्तडी सडक खण्ड अन्र्तगत बाजुराको अम्कोटमा सडक सञ्चालन हुन सकेको छैन् । सडक अबरोध भएको पाच महिना सम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ ।
पानि कम भएको एकसाता बितिसक्दा पनि सडक सञ्चालनमा कतै बाट पहल हुन नसकेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश राज अधिकारीले भने सडक सञ्चालनका लागि स्थानिय सँग पहल भइरहेको वताएका छन् । एकदुई दिनमा डोजर लगाएर काम अगाडि बढाईने अधिकारीले वताएका छन् ।
सडक डिभिजन कार्यलय साँफे बगर अछामले साउन २३ गते बैकल्पिक सडक खोल्नका लागि काम शुरु गरेपनि त्यो काम पनि बिचमै रोकिएको छ । सडक भत्किएकै ठाउँ बाट सडक खोल्न खोज्दा स्थानियले काम गर्न रोकेका छन् ।
सडक सञ्चालनमा नआउदा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद भएका छन् । दशै तिहारका लागि घर आउनेलाइ समेत निकै सकस भएको छ । चाडपर्वमा स्थानिय निकै महँगीको मारमा परेका छन् ।
स्थानिय अर्जुन प्रसाद जैशीका अनुसार बैकल्पिक सडक खोल्न तिनवटा घर जग्गा दिएका थियौ, त्यो काम बिचमै रोकिएको वताए । फेरि तल पहिरो गएको ठाउँबाट डोजर मार्फत अहिले सडक खोल्दा झनै जोखिम हुने भएकाले तल खोल्न नदिएको उनले वताए । माथि घर लगाएको खेतिमा सडक खोल्नका लागि जग्गा दियौ, काम नगरेपछि हाम्रो के दोष जैशीले वताए ।
सडक डिभिजन कार्यलय साँफेबगर अछामका प्रमुख विवश बस्नेतले भने बैकल्पिक मार्ग खोल्न ८ सय मिटर मात्र बाँकि रहेको वताए । बिचमा डोजर बिग्रेका कारण काम नभएको वताए । पहिलाकै पहिरो गएको ठाउँमा खोल्नका लागि स्थानियले अबरोध गरेको बस्नेतले वताए । प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले भने अहिले तत्काल पहिरो गएको ठाउँबाट सडक सञ्चालन गर्नका लागि पहल भइरहेको वताएका छन् ।
२०७६ साल देखी बर्षातको चार महिना सडक अबरोध हुदै आएको छ । २०७७ र २०७८ मा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध भएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि बर्षातमा पहिरोले सडक भासिएर सडक बन्द हुने गरेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।
सडक बन्द भएपछि सदरमुकाम मार्तडी लगायतका स्थानिय बजारमा दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ । अस्पताल बाजुरा बाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लिन निकै समस्या भएको छ ।
बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको छ । अम्कोट क्षेत्रमा २०७७ भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो ।
चार बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको छ । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष बिकले वताएका छन् । भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुर्ण रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार