मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • सिडियो गैह्रेले आफ्नै पहलमा दिए ७१ बर्षिय सुर्जमतिलाई नागरिकता

सिडियो गैह्रेले आफ्नै पहलमा दिए ७१ बर्षिय सुर्जमतिलाई नागरिकता

  • मङ्लबार, पुस ७, २०७७
सिडियो गैह्रेले आफ्नै पहलमा दिए ७१ बर्षिय सुर्जमतिलाई नागरिकता

बाजुरा–बुढिन्नदा नगरपालिका १ बस्ने ७१ बर्षिय सुर्जमति सुनारलाइ प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले आफ्नै पहलमा नागरिकता दिएका छन् । ७१ बर्षको उमेर सम्म नागरिकता नपाएको र नागरिकता बनाउनका लागि आबश्यक कागजत्रपत्र तथा सहयोग गर्ने कोही नहुँदा सुर्जमतिले नागरिकताका लागि भौताररहेकी थिईन् ।
सुर्जमतिले नागरिकता नपाएको प्रमुख जिल्ला अधिकारी गैह्रेले थाहा पाएपछि उनलाई आबश्यक पर्ने कागजपत्र सबै तयार गर्न लगाएका थिए । गैह्रेले बुढिनन्नदा नगरपालिका र वडामा सम्पर्क गरेर नागरिकताका लागि आबश्यक पर्ने कागजपत्र तयार गर्न लगाएको वडा अध्यक्ष नृप खत्रिले वताएका छन् । सिडियो गैह्रेले गर्दा ७१ बर्षिय सुजमिले नागरिकता पाएको खत्रिले वताए ।
सुर्जमति परिवारकि एक्लि सदस्य रहेकी उनले नागरिकता पाउनका लागि बिभिन्न निकाय धाइरहेकि थिईन् । नागरिकता पाँउदा सुर्जमति खुशि भएर सिडियो गैरेलाई धन्यवाद समेत दिएकी थिईन् । सुर्जमतिको माइति घर जुम्लाको चन्दनाथ रहेकि उनले बाजुरा सानै उमेरमा छक्के सुनार सँग विवाह गरेकि थिईन् । सुर्जमतिका दुई छोरा र एक छोरी जन्माएकि थिईन् । छोरीको मृत्यु भइसकेको छ भने दुई छोरा सानै उमेरमा घर बाट गएको अहिले सम्म कहाँ रहेको कुनै जानकारी नभएको वताईन् ।
श्रीमान छक्के सुनारको चाडै मृत्यु भयो । श्रीमान मृत्यु भएको केही महिनामा दुबै छोरा घर बाट गएका हुन्, अरुलाइ सोध्दा भारततिर लागेको अहिले सम्म सम्पर्कमा नभएको उनले वताईन् । घरका कोही सदस्य नभएपछि उनि लामो समय सम्म बर्दियामा बसिरहेकी थिईन् । पटक पटक नागरिकता बनाउनका लागि उनि माइति र पोइलि गाँउ धाएपनि नागरिकता पाँउन सकेकि छैनन् । सुर्जमतिको नागरिकता नहुँदा राज्यका बिभिन्न सेवा सुबिधा बाट बञ्चित रहेकी छन् । उनलाइ नागरिकता कसरि प्राप्त हुन्छ कुनै जानकारी नभएको थियोे ।

चर्चामा

सम्बन्धित समाचार