शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • सुचना प्रबिधी
  • शनिबारको मौसम कस्तो रहला ?

शनिबारको मौसम कस्तो रहला ?

  • शनिबार, मंसिर २७, २०७७
सेयर गर्नुहोस् :
शनिबारको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।

विभिन्न वायुका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

यस्तै, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का र बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

यसैगरी, राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ।

भने, हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार