शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाज
  • बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ

बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ

  • शुक्रबार, मंसिर १९, २०७७
सेयर गर्नुहोस् :
बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ

बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको प्रहरीले जनाएको छ। धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ।

धानुकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले दिनेशखबरलाई अनुसन्धानकै चरणमा रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न समय लाग्ने बताए।

चर्चामा

सम्बन्धित समाचार