सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • नेपाली काँग्रेस बाजुराको टोली बाढी पहिरो पिडितको घर घरमा पुगेपछी स्थानीय खुशि

नेपाली काँग्रेस बाजुराको टोली बाढी पहिरो पिडितको घर घरमा पुगेपछी स्थानीय खुशि

  • शनिबार, भदौ १३, २०७७
नेपाली काँग्रेस बाजुराको टोली बाढी पहिरो पिडितको घर घरमा पुगेपछी स्थानीय खुशि

राजेन्द्र बहादुर रोकाया — श्रावण २५ गते राती जिल्लाको बुढीगंगा नदिमा आएको बाढीले क्षेति पु¥याएको गौमुल गाउपालिका २ अजेटोट्कीमा नेपाली काँग्रेस बाजुराले राहत सहयोग गरेको छ । जनता दुखमा पर्दा नेपाली काँग्रेस बाजुरा सधै जनताको साथमा रहेको झल्को दिने गरी नेपाली काँग्रेस बाजुराको टोली राहत सहित उक्त क्षेती ग्रस्त स्थानमा पुगेर राहत बितरण गरेको हो । नेपाली काँग्रेस बाजुराकाख पार्टी सभापती कविराज पण्डित लगाएतको टोली तुईन मार्फत उक्त क्षेत्रमा पुगेका थिए ।

संघ, प्रदेश र स्थानीय सरकारले दुखमा पर्दा सहयोग नगरेको समयमा नेपाली काँग्रेस बाजुराको टोली उक्त क्षेत्रमा पुग्दा आफुलाई खुसिको महसुस भएको स्थानीय बैसागी रोकायाले बताउनुभयो । स्थानीय रोकायाका अनुसार गौमुल गाउँपालीकाको अजेटोट्कीमा स्थानीय सरकारले कुनै समस्या नभएको सुन्दा आफुलाई दुख लागेको समयमा नेपाली काँग्रेस बाजुराको टोली आफ्नो दैलोमै पुग्दा खुसिको महसुुस भएको बताउनुभयो । पुल बगाएर आफु सम्र्पक बिक्षदमा बस्नु पर्दा सरकारले पनी सौतेनी ब्यबाहर गरीरहँदा नेपाली काँग्रेसको टोली उक्त स्थानमा पुग्दा खुसि भएको अर्का स्थानीय धनराज रोकायाले बताउनुभयो ।

नेपाली काँग्रेस बाजुराको टोलीले उक्त स्थानमा पुगेर ७० हजार बराबरको खाद्यान्न, लुगाकपडा लगाएतका सामाग्री बितरण गरेको छ । उक्त राहत बितरणमा नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डित, नेपाली काँग्रेस बाजुराका संगठन विभाग प्रमुख तथा पुर्ब पार्टी सचिव धनराज पण्डित, नेपाली काँग्रेस जिल्ला कार्यसमिती बाजुराका सदस्य उमा रोकाया, मंगल बिष्ट,नेपाल तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया, गौमुल गाउपालिकाका सभापती मनबहादुर रोकाया, नेपाली काँग्रेस गौमुल गाउकार्य समिती सचिव गणेश थापा, सामाजिक अभियान्ता लालबहादुर बिक, नेपाली काँग्रेस गौमुल गाउपालिका १ का वडा सभापति अर्जुन बोहरा २ का सभापति राजबहादुर धामी, लगाएको टोलीले राहत बितरण गरेको हो । सोही टोलीले बाढी प्रभावित क्षेत्र गौमुल २ कै सिममा समेत राहत बितरण गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार