सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • परिक्षाको बिकल्प दिन नसक्ने त्रिवि पदाधिकारी निकम्मा : महामन्त्री तिमल्सिना

परिक्षाको बिकल्प दिन नसक्ने त्रिवि पदाधिकारी निकम्मा : महामन्त्री तिमल्सिना

  • शनिबार, भदौ १३, २०७७
परिक्षाको बिकल्प दिन नसक्ने त्रिवि पदाधिकारी निकम्मा : महामन्त्री तिमल्सिना

नेपाल बिद्यार्थी सघले परिक्षाकाे बिकल्प दिन नसकेकाे अाराेप लगाएकाे छ । नेबिसघं केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाकाे एक बिज्ञप्ती जारी गर्दै यस्ताे बताएका छन ।
प्रेस बिज्ञप्ती

विद्यार्थी प्रतिको जिम्मेवारी र आफ्नो दायित्व निर्बाह गर्न असमर्थ असक्षम पदाधिकारी हरुले भरिएको त्रिभुबन बिश्वबिद्यालय को बर्तमान समयमा देखिएको मौनता र अकर्मण्यता प्रति नेपाल बिद्यार्थी संघ खेद प्रकट गर्दछ। बर्तमान संकटको अबस्थालाई अबसरको रुपमा सदुपयोग गर्दै खोज,अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ-नयाँ तथ्य सँगै यसको निराकरणका उपाएहरु पत्ता लागाउनु पर्ने समयमा उल्टै बिद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने र सधैं तैयारी गर्दै छौं भन्ने रेडीमेड जवाफ सँगै भ्रष्टचारमा चुर्लुम्म निर्लज्ज बिश्व बिद्यालयका पदाधिकारी बाट थप बिकृति र बिसंगति बाहेक केहि आशा गर्न सकिन्न ।

* परिक्षाको लागि सूचना सम्प्रेषण गर्छ,आफ्नो खुट्टामा आफै उभिन सक्दैन।
* अनलाइन कक्षाको नाटक मञ्चन गर्छ,२५% भन्दा बढी विद्यार्थी कक्षामा सामाबेश गर्न सक्दैन |
* सेमेष्टर प्रणाली भन्छ,आन्तरिक मुल्यांकनलाई बैधानिकता दिन सक्दैन् |
* परिक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सार्छ,मापदण्ड बनाउदैन,बरु आफै त्यसको विश्वसनियता र बैधता माथी प्रश्न गर्छ|
* आफ्नो प्रमुख Stake Holder विद्यार्थी संग वार्ता र सम्वादको ढोका बन्द गर्ने विश्वविधालयले समाजलाई नवीन कुराको प्रत्याभूति गर्ला भन्ने आधार के ?

बर्तमान पदाधिकारी को अर्कमणयताले बिद्यार्थीमा पारेको मानसिक पीडा कोरोना को कहर भन्दा ठूलो छ।यसको जिम्मेवार कसले लिने ? यसर्थ बर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकता बाट गुज्रेका निकम्मा पदाधिकारीहरु बाट बिश्वबिद्यालय लाई जोगाउंदै शैक्षिक,प्राज्ञिक मर्यादित बताबरण निर्माणका निम्ति हस्तक्षपकारी भुमिका सहित बिश्वबिद्यालयको संरक्षणका निम्ति सबैमा अपिल गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार