मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाढी पहिरोले गाँउनै विस्तापित, खेतियोग्य जमीन बगरमा परिणत

बाढी पहिरोले गाँउनै विस्तापित, खेतियोग्य जमीन बगरमा परिणत

बाजुरामा बाढी पहिरोको बितण्डा

  • सोमवार, साउन ५, २०७७
बाढी पहिरोले गाँउनै विस्तापित, खेतियोग्य जमीन बगरमा परिणत

पदमबहादुर सिंह– आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका पूरै बस्तीहरु बिस्तापित भएका छन् ।  पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेति योग्य जमीन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
राति आएको अविरल बर्षाले बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि घरहरु चर्के पछि बिस्तापित भई छिमेकीको घरमा सरेका छन् । पहिरोले पुरैगाउ जोखीममा रहेको वडा अध्यक्ष हिरालाल थापाले बताए । त्यसै गरि नडाङका १० परिवारका घर चर्कीय पछि शिवशंकर प्राबिमा बसेका अध्यक्ष थापाले बताए ।

यता ताँप्रीसेरा बजार भित्रै बाढी पसेर लाखौको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ब्यापारी गोपाल थापाको पसल बगाएर लाखौको क्षति भएको छ । एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौ पसल पुरै बगाएको ब्यापारी गोपाल थापाले बताए । लगतारको बर्षासंगै आएको बाढीले साफे मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुलमा बगाएर ल्याएका ढुंगामुढा अट्कीय पछि बाढी ताँप्रीसेरा बजार पसेको हो ।

बाढी बजारसंगै धान रोपेको महिना दिनपुगेको छैन सबै बगरमा परिणत भएका स्थानिय रमेश थापाले बताए । साफे मार्तडी सडक खण्डको घट्टे खोलाको पक्की पुल समेत बगाएको छ । पक्की पुल बगाउदा यातायात रोकीएका छन् । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बुढीगंगा नगरपालिकामा ठुलो क्षति भएको खबर आएको वताएका छन् । आफै बाढी पहिरो प्रभाबित क्षत्रमा जादैछु पुगेपछि मात्र एकीन थाहा हुने उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार