• होमपेज
  • समाज
  • बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

  • आइतवार, साउन ४, २०७७
सेयर गर्नुहोस् :
बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

स्याङ्जामा बालविवाह गर्ने र गराउने चारजना पक्राउ परेका छन् ।  १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका १ बस्‍ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई विवाहसम्बन्धी कसुर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार