• होमपेज
  • देश
  • के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?

के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?

  • बिहिबार, बैशाख २५, २०७७
के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन १७ जना कोरोना संक्रमितको पहिचान हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको हो ।

संक्रमित मध्ये २२ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । हाल १३६ जना आइसोलेशनमा स्वास्थ्यकर्मीको निग्रानीमा छन् । क्वारेन्टाइनमा १९ हजार ७३४ जना रेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १४ हजार ९६ जनामा पीसीआर परीक्षण गरिएको छ भने ५२ हजार ९७० जनामा आरडीटी परीक्षण गरिएको छ ।

एकपटक कोरोना पोजेटिभ देखिएर उपचार पछि ठीक भएर घर फर्किएकामा पनि पुन : पोजेटिभ देखिएको छ । यसअघि सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ देखिएर उपचारपछि नेगेटिभ नतिजा आएर घर फर्काइएका ५८ वर्षीय पुरुषमा पुन : कोरोना पोजेटिभ देखिएको छ । वीरगन्जका दुई जनामा पनि कोरोना पुन : पुष्टि भइसकेको छ । कोरोना दुई वर्षका शिशुमा पनि देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले कोरोनाको राम्रोसँग परिक्षण नगरेर पुन : संक्रमण दोहोरिएको बताउँछन् । घाँटीभन्दा तल ब्रमक्रसबाट स्वाब लिएर परीक्षण गर्नुपर्नेमा घाटीबाट स्वाब लिँदा नेगेटिभ रिर्पोट देखिएर डिस्चार्ज गरेको उनको तर्क छ ।

“संक्रमितलाई खोक्न लगाएर घाँटी तलबाट खकार निकाल्न भनेर लगाउँनु पथ्र्योे वा एउटा नली घुसाएर स्वाब संकलन गर्नुपथ्यो । यस्तो नगर्दा रिर्पोट नेगेटिभ देखिएको हो,”उनले भने,“पहिला देखि नै टन्सिलको आसपासबाट मात्र खकारको नमुना  लिँदा पुन : कोरोना संक्रमण देखियो ।”

कोरोना भाइरसको परीक्षण गर्ने किट नहुँदा दैनिक निकै सानो संख्यामा परीक्षण भइरहेको छ । चितवको कोरोना परीक्षण केन्द्र किट अभावमा बन्द भइसकेको छ । दैनिक ठूलो संख्यामा परीक्षण गर्न माग गर्दै आए पनि किट अभावमा सरकारले परीक्षण तिव्र बनाउन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार