• होमपेज
  • देश
  • २४ घण्टामा २१८४ जनाको कोरोना परीक्षण, आज नयाँ संक्रमित भेटिएन

२४ घण्टामा २१८४ जनाको कोरोना परीक्षण, आज नयाँ संक्रमित भेटिएन

  • सोमवार, बैशाख १५, २०७७
२४ घण्टामा २१८४ जनाको कोरोना परीक्षण, आज नयाँ संक्रमित भेटिएन

काठमाडौं – कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतिमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको छ। कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा १, विरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आईसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको छ। यो सँगै पिसिआरबाट कोरोनाको परीक्षण हुनेको संख्या १६ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार