• होमपेज
  • देश
  • अध्यादेश फिर्तालगत्तै ओली छलफलमा, दुई पूर्वप्रमलाई बालुवाटार बोलाए

अध्यादेश फिर्तालगत्तै ओली छलफलमा, दुई पूर्वप्रमलाई बालुवाटार बोलाए

  • शुक्रबार, बैशाख १२, २०७७
अध्यादेश फिर्तालगत्तै ओली छलफलमा, दुई पूर्वप्रमलाई बालुवाटार बोलाए

काठमाडौं । अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संवादमा जुटेका छन् ।

प्रधानमन्त्रीले ३ बजे प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बालुवाटार डाकेका थिए थिए । उनीहरूबीच झन्डै १ घण्टा समसामयिक राजनीतिक र मुलुकको अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

“विपक्षी दलका नेतासँग झण्डै एकघण्टा वार्ता भयो । उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको हो,” थापाले बाह्रखरीसँग भने ।

देउवासँगको वार्तालाप नसकिँदै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बालुवाटार डाकेका थिए । अहिले ओली, देउवा र दाहालबीच घनिभूत छलफल भइरहेको छ ।

छलफल नगरी अध्यादेश ल्याएको र फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको आलोचना बेहोरिरहेका प्रधानमन्त्रीले सबैलाई संवादमा जोडेका छन् । संवादकै सिलसिलामा प्रधानमन्त्रीले दुई पूर्वप्रधानमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले चाल्नुपर्ने थप कदमबारे पनि राय मागेको बुझिएको छ । साभfर

चर्चामा

सम्बन्धित समाचार