कविताः
श्राप दियो छहत्तर सालको
विश्व आतंकको सुरुवात भो
बिदाई गरी सुख शान्तीको
डर त्रासको सृजना भो ।
कति गुमायौ आफन्त कति निभे
फेरी जन्म दिई बचाउन कति गाह्रो हुने हो
बाच्नु त छ नमरुञ्जेल सम्म
वाच्नै पनि आज अति मुश्किल भो ।
दुःख छायो सारा संसारभरि
हटाउन साह्रै मुश्किल भो
सदबुद्धि अहिले पलाएछ कि
लकडाउन भएर पो यति सुख भो ।
धन कमाउन विदेशिएका मदन
घर फर्कन निकै गाह्रो हुने भो
कोठा डेरा गरि बसेकि मुनालाई
एकछाक टार्न निकै साह्रो हुने भो ।
आफ्नो ज्यान आफ्नो भविष्य
सारा मानिसलाई अति प्यारो भो
एउटै भुसुनो कोरोनाले
सबैको मनमा डर त्रास सृजना भो ।
हजारौ नौ जवान सडकमै छन
तपाईलाइ भित्र बस्न पनि गाह्रो भो
नलुकाउनुस मास्क स्यानेटाइजर
ति नौ जवानलाई बच्न अति मुश्किल भो ।
घर ढोका हेरी बसेको छ
भित्र सुरक्षित बस्न नि गाह्रो भो
नागरीक वचाउनैका लागी
नौ जवान अति आत्तिने भो ।
मानवता हराएको मानिस पनि
आज हिन्दु बनिरहेको छ
संसारले पाठ सिक्दै गर्दा
कोरोनाको रजाईले गर्दा
सारा विश्व बदलिदो भो ।
उमेश अवस्थी(आदर्श)
हाल-काठमाण्डौ