धन्यवाद काेराेनालाई
प्रिय काेराेना
धन्यवाद तिमीलाई
याे दिलकाे गाउँहरूमध्ये
एउटा गाउँमा खसेको छ ठुलै पाहाड
तर, हजारौं गाउँहरूमा
पलाउदैछन कलिला मुना
तिमीले चाहेझै, पाप्राे लथक्क गलेर
झरेझै झरिन म
हात खुट्टा फालेर लम्पसार भइन भुइँमा
बरू याे अामाकाे छाती
फुलेकाे छ साहसले ढक्क
याे अनुहार धपक्क बलेकाेछ अासाले
ती बिपतका खुड्किलाबाट चढ्नेछु
अग्लाे चुली
ती पिडाकाे भवसागरबाट
सिक्नेछु पाैडि खेल्न
ती घाेच्ने काडाहरू कुहाएर
गर्नुछ अर्गानिक खेती
प्रिय काेराेना
धन्यवाद तिमीलाई।
खुकुरी अचानाेझै बुझ्न नसकेका
श्रीमान श्रीमती,
वृक्षबाट फल छुट्टिएझै छुट्टिएका परिवार,
डाइनाेसाेरझै अाफ्नाे अस्तित्व
बचाउन नसकेकाे घमण्ड,
ट्याङ्कीझै भट्टिमा रित्तिएकाे जड्याहा,
कस्तुरीझै सुगन्ध नभेटेका परदेशी,
डाडुझै मानवता नभेटेकाे मान्छे,
पुतलीझै माेहले भस्म भएकाे चेतना,
तृष्णाका खहरेले बगाएकाे धैर्य,
धमिराेलेझै अाफ्नाे शरिर झुरूना बनाएर मुर्तिलाई प्रेम गर्ने प्रेमीहरू,
पङ्छीलाई हुुलेर छाती फुल्लाउनेलाई
जाबाे राेगाणुले कारागारमा हुल्दा बिजुली चम्कएझै चम्किएकाे छ विवेक
यि सबै सबैलाई सिकाएका छाै।
सुकेकाे भङ्कटाट मस्तिष्कमा पानी छर्किन,
जमेकाे चेतना उथलपुथल बनाउन,
लेउ लागेकाे पाेखरी सफा गर्न,
गुलाफ बन्दाेरहेछ तब
काडै काडाले घाेच्दारहेछन जब
त्यसैले
समय पठा अझ तातो राप जसले बनाउछु
मेराे पिठ्युँ अझ दरिलाे
राेपिदे मलाई तातो
यि लुला अाैलाहरूलाइ दह्रो बनाउनुछ
जसले लेख्नुछ युग परिवर्तनको महालेख
प्रिय काेराेना
धन्यवाद तिमीलाई ।