आमा मलाई आज सोध्न मन लाग्यो
तिमिले मलाई जन्म किन दिएउ ?
फेरि जन्म दिएर नारी एस्तो हुन्छ भनेर
ती गुणहरु सिकाएर किन मलाई
हतकडी लगाएउ ?
दाइलाई र मलाई दिने संस्कार किन फरक
मलाई लाजको घुम्टो ओढ्न सिकाएउ
जुन घुम्टो मलाई मनपर्दैन ।
त्यो घुम्टो च्यातेर चिहाउदा फरक के
मलाई किन सुस्त हिड्नु पर्छ भनेउ
मलाई खुट्टा बजारेर हिंड्न् मन छ
त्यस्तै जस्तो दाइ हिंड्नुहुन्छ ।
किन मिठो र सभ्य बोल्न सिकाएउ
मलाई ती पापी गिद्दे नजर लाउने सङ
खुट्टा बजारेर रुखो बोलिले जोडको तोड हुन मन छ ।
आमा , तिमिलाई छोरा छैन भनेर हेप्दा
म समाजको बीचमा बोल्दा किन चुप लगाएउ
जुन समाज तिमिलाई चाहिन्छ
त्यो समाज मलाई चाहिदैन
हुन त तिमिले मलाई संस्कारको कानुनमा बानेउ
तर म मान्दिन म घृणा गर्छु
जुन संस्कारले मलाई
लाज , डरमा जिउन बाध्य बनाउछ
आमा तिमिलाई भगवान भन्छन
फेरि तिमी ती पापीहरु सङ डराएर
मलाई जन्मिनबाट पनि रोक्छौ
ती नरपिचाशहरुको लागि
समाजको लागि
कुन भय छ् गाडिएको तिमी भित्र
एकपटक आमा मलाई सन्सारमा लिएर आउ
अनि हुर्काउदा डर र लाज नसिकाउ
म भित्र एस्तो ज्वाला पैदा गर
ताकी यो समाजको अगाडि
शिर उठाएर निडर तिमिमाथि गर्ने
हरेक प्रहारको उत्तर दिन सकु
अँध्यारो हट्न सुर्य उदाउनु पर्छ
सुर्य उदाउन पृथ्वीले सुर्यको परिक्रमा गर्नुपर्दछ
आमा तिमी पनि निडर भएर
छोरीलाई जन्म दिनै पर्छ
अनि यो सारा सन्सारमा
फुक्का छोड्नुपर्छ
तिमी समाज सङ नडराउ
मलाई तिम्रा कठोर सिद्धान्त देउ
मलाई त्यो संस्कारको आगो खुवाउ
जसले भोलि आफ्नै बाउले गरेको अपराध
आफ्नै दाइले गरेको अपराधको
उग्रचण्डी बनेर सामना गर्न सकोस्
यदि तिमी अझै पनि डरले
मेरो भ्रुणहत्या गर्छेउ भने
म स्विकार्दै मर्न तयार छु आमा
यशु सापकोटा फूलमति