कहिले भेट्थेउ गाजा दह कहिले टिमुर दोभानमा
पिरिम बस्ने बेलै त्यही थ्यो मीठो लर्के जोबनमा
खुशी हुन्थेउ एकअर्को लाई सङ सङै पाउँदा
ओठमा छुट्टै हासो हुन्थ्यो तिमी गुलाब बोकि आउँदा
याद आउँछ गोधुली साझमा भेटेको त्यो डाडा माथी
तिम्रो नाम सङै जोडेर जिस्काउथे मेरा सङी साथी
मिठो – मिठो गफ हुन्थ्यो प्रकृतिको काखमा बसि
छल्केको त्यो योवनको प्यार आँखा भरी एकै खुशी
तिम्रै सम्झनामा कट्छन अझै कति मेरा रातहरु
याद छ छैन सेरा माघी मेलामा भएका बातहरु
जहाँ जस्तो भएपनि तिमी रमाउदै बस्नु है
धोका दिन फेरि कुनै अर्कोको दिलमा नप्स्नु है