बाजुरा अस्पतालका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका बाजुराका लेखापाल प्रकाश भट्टलाई टेलिफाेनमार्फत धम्की दिएकाे टेलीफाेन अडियाे सामाजिक संजालमार्फत सार्वजनिक भएकाे छ । अध्यक्ष थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाल भट्टलाई भेटेर दुई थप्पड हान्ने धम्की दिने अडियो सार्वजनिक भएको छ । यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ, अस्पतालका अध्यक्ष थापाले भट्टलाई धम्क्याउदै भने , यहाँ बस्ने मन छ कि छैन । उनी त्यतिमै रोकिएनन, उनले भट्ट्लाई सोधे, तपाई कहाँ हुनुहुन्छ , भेटेर दुई चडकन हान्नु पर्ने छ हातगोडा भांच्नु प्रर्ने छ । त्यस्तो मैले के गरे हजुर ? भट्टले प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसंग छन् अध्यक्ष थापाले साे अडियाेमा भनेका छन् ।
अध्यक्ष थापाले भट्टलाई फाेनमा अफिसियल कागज किन दिएकाे भनेर फाेन गरेकाे स्वीकार गरेका छन् । मैले अहिले सम्झाएको मात्र हूँ, थापाले भने । उनले थपे भट्टले गोप्य सरकारी प्रमाणहरु बाहिर ल्याएको बताए । भट्टले भने आफूबाट कुनै कमजोरी वा गल्ती नभएको कुनै पनि सुचना बाहिर नपठाएकाे बताएका छन् । अाफुमाथी धम्की अाएकाे स्विकार गरेका छन् ।
लेखापाल भट्टले केही दिन अगाडी काेष तथा लेखा नियन्त्रण कार्यलय बाजुराबाट बुढिगंगा नगरपालिकाका गाेप्य सुचनाहरू नेपाली काग्रेसका केही नेतालाइ पठाएकाे अाराेपकाे लागेकाे छ । लेखापाल भट्ट बाजुरामा हाजीर भएकाे जम्मा ६ दिन मात्र भएकाे छ । भट्ट माथी यस्ताे अाराेप लागेपछि कार्यालयकाे पनी गम्भिर ध्यानाकर्षण भएकाे कार्यालयले जनाएकाे छ । लेखापाल भट्ट काेलेनिका बाजुरामा अाएकाे ६ दिनमै बिबादित बनेका छन् ।