ऊ भित्र भित्रै जलेर खरानी थियो ।
उहीँ मान्छे मेरो खास परीनी थियो।
देखेछु सपना म सधैं बात गरेको,
ब्युउँझिदा त भिजेको सिरानी थियो ।।
सम्झिन्छु अतीत जलन हुन्छ फेरि,
जो मेरो आफ्नै एउटा कहानी थियोे ।।
मायाको कलिलो मुना टुसाएको पल,
त्यही निष्ठुरीको साथ बिहानी थियो ।।
सजाएँ एउटा यही मन र मुटु माझ,
त्यही मान्छे दुई आँखाको नानी थियो ।।
©-शाही सुरेन्द्र “गुलाब कान्छो”