• होमपेज
  • समाज
  • ग्रामिण महिलाकाे पिडा : बिहान ६ बजे हिडेर दिउँसाे २ बजे घर पुग्छन् (फाेटाे फिचर)

ग्रामिण महिलाकाे पिडा : बिहान ६ बजे हिडेर दिउँसाे २ बजे घर पुग्छन् (फाेटाे फिचर)

  • बुधबार, फाल्गुन १४, २०७६
ग्रामिण महिलाकाे पिडा : बिहान ६ बजे हिडेर दिउँसाे २ बजे  घर पुग्छन् (फाेटाे फिचर)
बडिमालिका नगरपालिका वडा न ७ जिल्लीकी महिलाहरू डाले घासँ काटेर घरतिर फर्कदै । बिहानै निस्कीन्छन घरबाट । तस्वीर : देवराज पाध्याय

देबराज पाध्याय — तथ्याङ्कले भन्छ, नेपालका करिब ६५ प्रतिशत मानिस कृषिमा आबद्ध छन् । कृषि मन्त्रालय भन्छ, खेति किसानी गर्ने मध्ये, ६५ प्रतिशतभन्दा बढि महिला छन् । कृषि उत्पादनमा महिला सहभागिता धेरै छ, तर त्यस अनुसारको आर्थिक स्वामित्व भने छैन । पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढि महिला खेति किसानीमा छन् । तराईका महिलालाई पनि बिहान उठेदेखि राती अबेरसम्म खेतिपातीकै कामबाट फुर्सद मिल्दैन ।


त्यस्तै पहाडी जिल्ला बाजुरा जिल्लाका महिलाहरु पनी कृषिमा निर्भर छन् । पुरानो सोचका कारण बाजुराका महिलाहरु निराक्षर पनि बढि नै देखीन्छन ।


पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढि महिला खेति किसानीमा छन् । तराईका महिलालाई पनि बिहान उठेदेखि राती अबेरसम्म खेतिपातीकै कामबाट फुर्सद मिल्दैन । बडिमालिका नगरपालिका वडा न ७ का महिलाहरु बिहान झिसमिसे देखि झमक्क साँझ नपरुन्जेल खेतको काममै व्यस्त हुने बताउछन ।


खेतबारीमा खट्ने र उत्पादन गर्ने ठाउँमा महिला बढि भएपनि आम्दानीको हिस्सामा महिलाको पहुँच कम देखिएको छ । कृषिमा स्थानीय सरकारले चलाएका कार्यक्रममा महिलालाई प्राथमिकता दिनसके महिलाहरुको आर्थिक अवस्था बलियो हुने नागरिक अगुवाहरु बताउँछन् ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार