• होमपेज
  • समाज
  • बाजुराबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार

बाजुराबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार

  • शनिबार, माघ १८, २०७६
बाजुराबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार

बाजुरा १८ माघ– बाजुरा जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ फयाल गाउँकी गिता बिक र जगन्नाथ गाउँपालिका वडा न ५ बेहरडाडा गाउँकी २१ बर्षिया श्रृजना शार्कीको एकै दिन उद्धार गरिएको हो ।
साप्पाटा फयाल गाउँकी गिताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राप भएका कारण गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएका कारण हेलीकप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्माले बताए ।चौथो सन्तानका रुपमा छोरोको जन्म दिएकि ३५ बर्षीया बिकको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।
त्यसै गरि गोत्रीकी श्रृजनाको १५ गते देखीको लामो ब्याथा लागेको र पहिलो गर्भवती भएकीले पाठेघरको मुख नखोलीदा समस्या भएको कारण उनलाई पनी हेलिकप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायीका स्वास्थ्य ईकाइका प्रमुख अमर बुढाले बताए । पाठेघरको मुख नखुलेको र दुखाई बढि भएकोले गाउँमा उपचार सम्भव नभएपछि उनलाई पनी उपचारका लागि नेपागंज स्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा. बिश्वकर्माले बताएका छन् ।
गोत्रीमा केही महिना अगाडी उच्च रक्तश्रापका कारण एक जना सुत्केरीको मृत्यू भइसकेको छ ।
गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा खवर पाईसकेपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला अस्पताल बाजुरा का प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको सहयोगमा दुबै जना सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाहीले बताएका छन् ।
हिजो दिउँसो  स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जीवी शाही र जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले खवर गरे लगत्तै आफुले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलीकप्टर पठाएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् ।
यहाँका ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु अक्सर जोखिममा हुने गरेका छन् । नियमित स्वास्थ्य जाँच नगर्ने, स्वास्थ्य संस्थामा पनि आवश्यक औषधी र जाँच उपकरण अभावका कारण यस्ता महिलाहरुले समयमै उपचार पाउन सकिरहेका छैनन् । यही कारण कतिपयको अकालमा ज्यान नै जाने गरको छ । सुत्केरी तथा जटिल खालका विरामीलाई सुविधा सम्पन्न ठाँउमा रेफर गर्नु वाहेक विकल्प नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार