• होमपेज
  • समाज
  • “जिन्दगी भित्र को जीबन” 

“जिन्दगी भित्र को जीबन” 

  • आइतवार, पुस ६, २०७६
“जिन्दगी भित्र को जीबन” 
      बबिता पाण्डे

हरेक मानिस को जिन्दगी भित्र फरक फरक जिबनको किताब बनिरहेको हुन्छ मात्र पल्टायर पढदै गर्दा जस्ले किताबलाइ सजिलै सग सुइकार्न सक्छ उस्को जिन्दगी सुन्दर र अब्बल रहन्छ भ्रम र सपनाले कसरी बाँच्न सिकाउँछ हार र चुनौती हरु सग हरायको मेरो जिबन !! भाग्यले उसलाई पछ्याई रहन्छ जसले उजाडिएको परिस्थितिमा पनि संकट संग लडिरहन्छ जबसम्म उसको लक्ष्य प्राप्ति हुदैन !! कलिलो उमेर हातमा किताबको झोला बालापनको उमेर सगै जिन्दगी को किताब को गातसगै च्यातियको मेरो जीवन आज दुइ दसक पुगिसक्यो जुन रोजेको जिन्दगी खुसी र संन्तुस्टि नभै दुख लाई खोज्दै कोट्याउदै यहाँ सम्म पुगेको मेरो जीवन बालापनमै उजाडियका मेरा सपना हरुलाइ यौटा फुलमा गास्दै माला बनाउने प्रयास मा अल्झियको मेरो जिन्दगी !!!
कुनै मान्छे सडक किनारमा उभिएर तरकारी बेचिरहेको छ । कुनै मान्छे सानो कतै जानका लागि गाडी पर्खिरहेको छ । कुनै मान्छे जागिर खोज्ने सुरसार गरिरहेको छ । कुनै मान्छे खेतीपाती गरिरहेको छ ।
यी सबै मान्छे आ-आफ्नै धुनमा छन् । मग्न छन् । उनीहरुको आँखाले त्यहाँको दृश्यलाई उति ख्याल गरेको हुँदैन । उनीहरुले आफ्नो स्थितीलाई पनि त्यती ध्यान दिएका हुँदैनन् । म कहाँ छु, कुन अवस्थामा छु, के गरिरहेको छु भन्ने बोध गरिरहेका हुँदैनन् । बरु, अब के होला ? कहाँ पुगिएला ? के गरिएला ? भन्ने उत्सुकतामा हराइरहेका हुन्छन् ।
मान्छे वर्तमानको यर्थाथमा होइन, भोलिको कल्पनामा रमाएर बाँच्छ । मान्छे आफ्नो योजनामा बाँचेका हुन्छन् । आफुले गर्ने र गरिरहेको कामको नतिजाले मान्छेलाई आशावादी बनाइरहन्छ । मान्छे आशामा बाँचेको हुन्छ ।
मान्छे अलिकति आशामा, अलिकति भ्रममा, अलिकति कल्पनामा बाँचेको हुन्छ ।
भ्रम, कल्पना र सपना नहुँदो हो त मान्छेले बाँच्ने अनेक यत्न गर्ने थिए ? सोचनिय कुरा हो । हामीलाई कल्पनाले भोलिका लागि बाँच्न उक्साउँछ । भोलि यो होला, भोलि यसो गरिएला भन्ने कुरा कल्पेर हामी बाँच्छौ । भोलि यति कमाइएला, यस्तो चिज किनिएला, स्वास्थ्यस्थिती यस्तो बनाइएला, ऋणपान यसरी चुक्ता गरिएला भन्ने कल्पना र योजनाले हामीलाई बाँच्न प्रेरित गरिररहन्छ । तर, भोलिका दिनमा हामीले सोचेजस्तो सबैकुरा ठिकठाक होला ? सबै बन्दोबस्ती मिल्न सक्ला ? हाम्रा समस्याहरु निमिट्यान्न होला ? पक्कै संभव छैन ।
त्यसैले हामीलाई बाँच्नका लागि अलिकति भ्रम पनि चाहिन्छ । सबै कुरा स्पष्ट, प्रष्ट र यर्थाथ हुँदो हो त हामीलाई बाँच्न गाह्रो हुन्छ । भोलिका दिनमा पनि हामीसँग समस्याको थुप्रो लाग्नेछ । अरु ऋणमा फसिएला, घरबार बिगि्रएला, स्वास्थ्य खराब होला । तर, हामी यी सबै कुरा भुलेर वा भुल्ने बाहना खोजेर बाँच्छौ । भोलिको यर्थाथलाई भुल्ने बाहना खोज्नु भनेकै भ्रममा बाँच्नु हो ।
भोलिको कल्पनामा
सडक किनारमा उभिएर तरकारी बेचिरहेका मान्छेलाई आफ्नो यर्थाथको बोध भन्दा भोलिको सपनाले खुसी र जागरुक राखेको छ । सडकमा उभिएर, चर्को गर्मी खेपेर, धुलो-धूँवा खाएर, ग्राहकको वचन सहेर उनी किन तरकारी बेचिरहेका छन् ?
किनभने तरकारी बेचेपछि प्राप्त हुने पैसाले यो गर्छु, त्यो गर्छु भन्ने कल्पना उनको मनभित्र छ । त्यही कल्पनाले उनलाई सडकमा घण्टौदेखि उभिन लगाएको छ । तर, सबैकुरा उनले भनेजस्तो होला त ? सबै तरकारी बिक्री होला ? तरकारी बेचेको पैसा ठिक-ठिक ढंगले खर्चिएला ? यसै भन्न सकिदैन । तर, उनको मनमा के भ्रम छ भने उनले कल्पना गरेजस्तै सबै कुरा मिल्नेछ । त्यही भ्रमले पनि उनलाई बाँच्न उकासेको छ ।

उनले कल्पेका सबै कुरा त्यसबेलासम्म भ्रम हो, जतिबेला त्यो यर्थाथमा रुपान्तरण हुँदैन । किनभने अब आउने केही क्षणपछि के होला ? भोलि के होला ? त्यो कसैलाई थाहा हुन्न । भोलिको बारेमा हामी कहिल्यै ढुक्क हुन सक्दैनौ । भोलि के हुन्छ भन्ने कुरा हामी अनुमान, आशा र कल्पना गर्न सक्छौ । ठोकुवा गर्न सक्दैनौ ।
यर्थाथलाई भुल्ने वाहना
हामी अजम्बरी छैनौ । एकदिन मर्नेछौ । त्यो एकदिन कहिले हो ? हामीलाई थाहा हुन्न । तर, थाहा के हुन्छ भने एकदिन हामी मर्ने नै छौ । हाम्रो आयु निश्चित छ । हरेक मान्छे प्रत्येक पल, घडी, मिनेट, घण्टा मृत्युको नजिक-नजिक पुगिरहेको हुन्छ ।
तर, मान्छेलाई आफु मर्नेछु भन्ने थाहा भएर पनि उनीहरुले त्यसलाई भुल्ने बाहना खोजिरहेका हुन्छन् । मान्छे यस्तो भ्रममा बाँच्छन् कि कहिल्यै मरिनेछैन । उनको जीवनमा मृत्यु नै छैन । मृत्यु यर्थाथ हो । सत्य हो । तर, हामीले त्यो यर्थाथ वा सत्यलाई नभुल्ने हो भने बाँच्न सक्दैनौ । रमाउन सक्दैनौ । उमंगित हुन सक्दैनौ । सपना देख्न सक्दैनौ ।
जीवनमा कष्ट छ, दुःख छ । तर, हाम्रो दुःख-कष्टलाई थमथमाउने हाम्रै कल्पना हो । आज हामी दुःख-कष्ट झेल्छौ र भोलिको सुनौलो कल्पनामा रमाउँछौ ।
सपनाले जागा राख्छ
मान्छेलाई सपनाले चाहि जहिले पनि जागा राख्छ । सपना नहुनु हो भने मान्छे ब्यूँझदैनथे । जोसँग सपना हुन्छ, त्यही मान्छेले निद्रा त्याग्छ । अल्छी त्याग्छ । आरम त्याग्छ । विश्राम त्याग्छ । किनभने उनको मास्तिष्कमा यस्तो सपनाको खाका कोरिएको हुन्छ, जसलाई प्राप्त गर्नका लागि उनले जाँगर चलाउनुपर्छ । त्यसैले सपनाले मान्छेलाई जागृत गराउँछ । सपना देख्नुपर्छ ।
यर्थाथमा रमाउने अभ्यास
हामीलाई कतिपय दुःख, पीडाहरु भुलाउनका लागि कल्पना र भ्रमले राम्रै काम गर्छ । साथसाथै भ्रम र कल्पनाले हामीलाई यर्थाथसँग विच्छेद पनि गराउँछ । यदि यर्थाथलाई बोध नगर्ने वा सधै भ्रम र कल्पनामै मग्न हुने हो भने त्यसले पनि जीवनको पूर्ण स्वाद भने दिदैन । बाँच्नुको मज्जा दिदैन । यहि कारण आध्यात्मिक गुरु, चिन्तकहरुले जागरणको कुरा गर्छ । जागरण भनेको सचेतनाको त्यो तहमा रहनु हो, जहाँ आफ्नो अस्तित्व र यर्थाथ बोध हुन्छ ।
अध्यात्म त्यही विज्ञान हो, जसले मान्छेलाई यर्थाथमा पनि मग्न रहने बाटो देखाउँछ । त्यसैले सधै हामी भ्रम र कल्पनामा मात्र मग्न रहनु ठिक हुँदैन ।जीवनमा स्विकार्नु पर्ने सत्यहरु :
तिम्रो आजको समय भोलि फर्केर आउंदैन । र, मृत्यु शास्वत सत्य हो, तिमी कतिबेला यस संसारबाट बिदा हुनुपर्ने हो, त्यो पनि थाहा छैन। त्यसैले, जे गर्नुछ, आजै गर । जे सुरु गर्नु छ, अहिले नै गर। सबैलाई सम्मानजनक व्यवहार गर्नुस
अप्ठ्यारोमा बेवास्ता गर्नेहरु धेरै हुन्छन् भने प्रगतिमा खुट्टा तान्नेहरु धेरै हुन्छन् । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि एक्लै उभिन सिक्नुस ।
सफलता र असफलता , सुख र दु:ख , स्थायी रुपमा रहँदैनन्। जीवनको जुनसुकै मोडमा पनि आफूलाई सम्हाल्न र सुखमा नमात्तिन तथा दु:खमा नआत्तिन सिक्नुस
तपाइहरुल सबैलाई खुशी बनाउन सक्नु हुन्न तपाइहरुले जति नै राम्रो काम गर्नुस वा राम्रो व्यवहार गर्नुस तपाइले आलोचना खेप्नु नै पर्छ। त्यसैले सबैभन्दा पहिले आफू खुशी हुने काम गर्नुस अनि त्यो खुशीमा खुशी हुनेहरुलाई समेट्ने प्रयास गर्नुस ।
खुशी साना-साना कुराहरुमा हुन्छ । जीवनका प्रत्येक क्षण अमूल्य र मुल्यवान छन मैले के गुमाए र के पाएँ त्यस्को हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जती पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु । सबैभन्दा सर्वश्रेस्ठ कुरा, मैले मेरो आत्मियता गुमाएको छु जस्को भर्पाइ कुनै धन सम्पत्ती वा सफलताले भर्न सक्नेछैन ।जन्मदेखि मृत्युसम्म हामी एकपछि अर्को कर्म गर्छौं । दैनिक आवश्यकता पूर्तिका साथ आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता सबैमा हाम्रो कर्मको सीधा हात रहन्छ । कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । कोही आफ्नो कर्मका कारणले सुखी छन् त कोही कर्मकै कारणले दु:खी । कसैले अरूको खुसी बढाउने कर्म गर्छ भने कसैले अरूको दु:ख बढाउने । कतिले आफ्नो जीवन अरूलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरूको जीवन लिनुलाई आफ्नो कर्म । एकदिनमा अधिकतम २४ घन्टा हामीसँग कर्मका लागि उपलब्ध छ जसलाई हामीले अनेक तरिकाले प्रयोग गर्छौं । यद्यपि सबैले कर्मको लगानी उत्तिकै गरे पनि प्रतिफल भने यति धेरै फरक हुनसक्छ । दुई र दुई जसले जहाँ जोडे पनि चार हुन्छ–एउटा अनपढ व्यक्ति र महान् वैज्ञानिक आइन्स्टाइनमा यसले फरक गर्दैन तर क्षणिक कुरा हेरेर दूरगामी सोच नराखी गरिने कर्मको फल कम प्राप्त हुन्छ । यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित तुल्याउँछ र परिणाम सुखद् हुन पाउादैन ।
जिन्दगी र जीवन भित्र को यथार्थ कथा लाई बुझने अबसर पुर्ण रुपमा बुझने अबसर मैले मेरो रियालइटि लाइफ मा रियल भोगेको जीवन सक्षम संघर्ष र सफलता जीवन जिउने असली कारकतत्ब हुन जिन्दगी जति सम्म जियका छौ भबिस्य प्रती केन्द्रिय रहेर काम गर्नु नै सफलता प्राप्त गर्नु हो !! बबिता पान्डे मोटिभेसन इस्पिकर कैलाली लम्की

चर्चामा

सम्बन्धित समाचार