शुक्रबार, अशोज ४, २०८१

सात जना जुवाडे पक्राउ

  • सोमवार, मंसिर ९, २०७६
सात जना जुवाडे पक्राउ

काठमाडौंको न्युरोडबाट साढे ६ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ परेका छन्।

प्रहरीले शनिबार मध्यराति न्युरोडको रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ गरेको हो पक्राउ पर्नेहरूमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अखडाबाट उनीहरू समातिएका हुन्। पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत अनुसन्धान तथा कारबाही थालिएको परिसरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार