शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • तीन वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्घ पक्राउ

तीन वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्घ पक्राउ

  • बुधबार, अशोज २२, २०७६
तीन वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्घ पक्राउ

जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।

पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा दिएको जाहेरीको आधारमा मंगलबार दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

दमाईलाई कारवाहीको माग गर्दै पीडित बालिका र उनकी आमा अहिले महिला सेव हाउसमा बस्दै आएका छन । मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडितकी आमाले बताइन । मदिरा सेवन गरेर राति आफुमाथि जबरजस्ती करणीको प्रयास गरेको र आफु उम्केर भाग्दा छोरी माथि आक्रमण गरेको उनको भनाई छ ।

ईलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गराई कारवाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इश्वरी दत्त पाण्डेयले बताए ।

चर्चामा

सम्बन्धित समाचार