• होमपेज
  • समाचार
  • काठमाण्डौ बाट फर्किएका मेयर चौधरीलाई विराटनगरमा फूलमाला सहित भव्य स्वागत ( भिडियो सहित)

काठमाण्डौ बाट फर्किएका मेयर चौधरीलाई विराटनगरमा फूलमाला सहित भव्य स्वागत ( भिडियो सहित)

  • आइतवार, जेष्ठ २६, २०७६
काठमाण्डौ बाट फर्किएका मेयर चौधरीलाई विराटनगरमा फूलमाला सहित भव्य स्वागत ( भिडियो सहित)

यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन ।

इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपानी भित्रको भ्रस्टाचारि राम प्रसाद चौलागाईं सग मिलेर कसैको चरित्र हत्या गर्ने ,पुर्वाग्रह राखेर पित पत्रकारिता गर्ने तल्लो स्तरका भ्रस्ट पत्रुकारको मात्र आफुले आलोचना गरेको भन्दै यस्तै भ्रष्ट को सुचना लिएर पत्रकार रबिलामिछाने ले पनि बिगतमा इटहरी नगरपालिका को विषयमा हचुवाको भरमै समाचार प्रवाह गरेकोकारण आफुले उस्को कारेक्रम मा त्यस्तो जवाफ दिएको पनि बताएका छन ।

 

बिकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको हन्दै आफुले गरेको पित पत्रकारको चरित्र र पाख्न्ड पत्रुकारको बिरोध गर्दा इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रस्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलाइ जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन ।

पार्टी सग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टी ले मेयर को टिकटनदिए र द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोसित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्स देखि अनेकौ षड्यन्त्र गर्दै आएका छन ।

विगत केही बर्ष अगाडि विभिन्न राजनीतिग्यको ईशारामा हड्डि भाचिएको र मारियाका पत्रकारहरुको उदाहरण दिदै उनले पित्त पत्रकारिता तुरुन्त रोक्न चेतावनी समेत दिईएका छन । विभिन्न कमेन्ट मार्फत उनलाई नालाएक, अयोग्य लगाएतका कुरा लेखिरहेको र जसको जवाफमा उनले चाटुकार र पत्रुकार लेखेको र केही समय पछि फोन गरेर उनलाई मुख छाडेको र सम्झाउदा-सम्झाउदा आफु थाकेको हुनाले अब गुण्डा गर्दीमा लाग्ने भनेको बताए ।

विभिन्न मिडिया क्षेत्रमा चर्चित भएका इटहरी नगर प्रमुखलाई नगरवासी तथा युवाहरुले गृह नगरमा भव्य स्वागत गरेका छन् । स्वागतको क्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य अरुण गुरुङ , वडा नं. १४ का वडा सदस्य दुखीलाल चौधरी वडा नं. ९ का वडा अध्यक्ष भूपेन्द्र बराल , वडा नं. ९ का वडा सदस्य शिवराम चौलागाई, वडा नं. ९ कि महिला वडा सदस्य कुमरी न्यौपाने , वडा नं. ४ कि महिला वडा सदस्य लक्ष्मी चापागाई र युवा नेतृत्व गर्दै जिवि गजल लगायताले विराटनगर एयरपोटर्मा भव्य स्वागत गरी मेयरको भ्रष्टचारी विरुद्धको अभियान सहि भएको भताउदै साथ र सहयोग गर्ने बताए । – अनलाईन नेपाल बाट (भिडियो हेर्नुहोस) ………

चर्चामा

सम्बन्धित समाचार