बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समाचार
  • नेपाली कांग्रेस निकट तरुण दलको धादिङ जिल्ला उपाध्यक्ष एवं गुण्डा नाइके राधे भण्डारी पक्राउ

नेपाली कांग्रेस निकट तरुण दलको धादिङ जिल्ला उपाध्यक्ष एवं गुण्डा नाइके राधे भण्डारी पक्राउ

  • बिहिबार, जेष्ठ २३, २०७६
सेयर गर्नुहोस् :
नेपाली कांग्रेस निकट तरुण दलको धादिङ जिल्ला उपाध्यक्ष एवं गुण्डा नाइके राधे भण्डारी पक्राउ

२३ जेठ, धादिङ । नेपाली कांग्रेस निकट तरुण दलको धादिङ जिल्ला उपाध्यक्ष एवं गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रहरीले जानकारी दिएकाे छ ।

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि भण्डारीले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ । उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । गुण्डागर्दीमा संलग्न भण्डारीले धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन धम्काएर लिने गरेको स्थानीयबासीले बताएका छन् । २ वर्ष अघि धादिङबेँसीको शान्तबजार चोकमा भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । २०७० असार २१ गते राधेले  धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए ।

उक्त घटनामा भण्डारी पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले भण्डारीलाई खोजी सूचीमा राखेको थियो । दैनकी डट कम बाट साभार

चर्चामा

सम्बन्धित समाचार