बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ कैलाश घर भएका बिजय शाहीका जेठा छोरा हुन प्रज्वल । उनको जन्म २०५१ सालमा आमा जानकी देबि शाहीको कोख बाट जन्म भएको थियो । शाही अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य समेत हुन् । सधै मधुर दिवगंत प्रज्ज्वल शाहीका बझाङ बाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए । उनले २ भाई बिवश र बिश्वजन र २ बहिनी मनिषा र कलशा लाई पनि काठमाडौं मै पढाउन लिएका थिए ।सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखी नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीति लाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत थिए । गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबै उत्तिकै घुलमिल हुने शाहीको सहादत्तको खवरले कैलाश पिमी गाउ शोकमा डुवेको छ । सहनशिल, लगनशिल र निश्चल स्वाभावका शाहीको मृत्युले गाँउका धेरै मानिसको मन रुवाएको छ । उनको परिवारलाई यो घटना अपत्यारीलो लागेको छ । उनका बुबा विजय शाहि अहिले ४९ बर्षका पुगे र उनकी आमा ४६ बर्षकी भईन् । छोरा प्रज्वल घरमा आँउदा सधै आफु संग अब हाम्रा दुखका दिन गए भन्दै हामीलाई मख्ख बनाउन्थ्यो । बुढेशकालमा तपाईलाई केही पनि दुख हुन दिन्न आमा भन्थ्यो प्रज्वलकी आमा जानकी देवि शाहिले घुक्क घुक्क रुदै त्यो भनेको त्यो क्षणलाई सम्झदै भनीनन् । अब हाम्रलागी मात्रै हैन आमा देशका लागी नै सोच्नु पर्छ भन्थ्यो दशैको टिकाको दिन सामान्य कुरा कानी गर्दा हामी जस्ता दुखी गरिबहरुका लागी अब म जस्तै छोराहरुले लड्ने हो आमा भनेको थियो । त्यो क्षणमा मैले छोराले ठिकै भन्यो क्यारे भन्ठानेकी थिए । तर मैले छोरा के काम गरि रहेको छ कस्तो बाटोमा हिड्दै छ । भनेर कहिले पनि राम्रो संग सोधीन । राम्रैकाम छ । भाईबहिनी र हजुरहरुको जिम्मा अब मेरो भयो भनेको थियो । हो काम पनि त्यस्तै गरेको थियो । के थाहा दैब यती चाँडै निष्ठुरी होला भनेर । फागुन महिनाको अन्तिम भेट रहेछ छोरा संग । घरमा राम्रो संग बस्न पनि बसेन । दुईचार दिन मात्रै घरमा बसेर फेरी काठमान्डौ लागी हाले छ ।हामीहरु अब देशमा केही हुदैन । शान्ति भै सकेको छ । यस्तो बम बारुतले कसैले पनि मर्न पर्दैन भनेर ढुक्क थियौँ । यस्तो घटनाको कल्पना सम्म समेत गर्न सकेका थिएनौ । प्रज्वलका बुबा विजय शाहिले भने फेरी मेरो छोराले नै बममा परेर मर्नु पर्यो । मेरो छोरा त विती सक्यो । मेरा सबै सपना छोरा संगै मरेर गए । सबै सपना अधुरा नै रहे । मैले छोराको हात बाट एउटा सिटामोल खाएर मर्न पाउ र छोराले उपचार गरेर मर्न पाउ भन्ने मेरो ठुलो धोका थियो । अब भनेर साध्य नै छैन । तर अब यसरी कसैले पनि मर्न नपरोस । हाम्रो बुढेशकालको साहारा त्यही जेठो छोरा थियो । अब हामीत केबल जीउदो लास भएर बाँच्नु पर्ने भयो । छोरा लास सम्म समेत देख्न पाएनौ ।
गाँउ नै सोकमा
काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी भौतिक जिवन गुमाएका एक युवा प्रज्वल शाहीको मृत्यूको खबरले परिवार नै शोकमा डुबेको छ । उनि नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रिय सदस्य थिए । आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागी घोषणा गरेको थियो । बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट भए सगै शाहिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहि प्रज्वल शाहीको मृत्यु भएको समाचार आएपछि सामाजिक संजाल नै स्तब्धताले भरिएको छ । नेता शाहिको मृत्युले परिवारको बिचल्ली भएको छ । परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बैनीको पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए । उनको घरमा बुवाले सामान्य गाउँमा ब्यापारले छोरा छोरीको पढाई खर्च धान्न नसकिने उनका आफन्तले बताएका छन् । उनका भाई बैनि काठमाण्डौ गएको सात बर्ष पुगिसकेको छ । अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृत्यूले बिच बाटोमा बिचल्ली पारेको उनकी बहिनीको भनाई छ । भाई बहिनिको अभिभाव भएर बसेका शाहीले बिच बाटोमै चटक्क छोडेर गएपछि उनका भाई बहिनी गाउँमा आएर उच्च शिक्षा हासिल गर्ने सकुला भन्नु त असम्भव जस्तै भएको स्थानीय बताउन्छन् ।