आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • रोग निको पार्न धर्म परिर्वतन, हुर्किदै अपाङ्ग

रोग निको पार्न धर्म परिर्वतन, हुर्किदै अपाङ्ग

  • बुधबार, चैत्र ६, २०७५
रोग निको पार्न धर्म परिर्वतन, हुर्किदै अपाङ्ग

प्रकाश सिंह
बाजुरा, ६ चैत
बुढिन्नदा नगरपालिका १ कोल्टि बस्ने भक्क्त गिरिका तिन बच्चा अपाङ्गले थलिएका छन् । जन्मेको बाह्र देखि १४ बर्षको उमेर बिचमा तिन बच्चा बिस्तारै अपाङ्ग भएका हुन् । भक्क्त गिरीका दुई छोर र एक छोरि अहिले अज्ञात रोगले थला परेका छन् । तर उनिहरुलाई रोग निको पार्न धर्म समेत परिर्वतन गर्न लगाएको उनिहरुले वताएका छन् ।
२८ बर्षिय दिर्घराज गिरि, २५ बर्षिय धर्मराज गिरी र २१ बर्षिय सम्झना गिरी वाल्यकाल पुरा हुदै अपाङ्गताको शिकार बनेका आमा अमिनि गिरीले वताएकि छन् । जेठो छोरा १२ बर्षको उमेरमा माइलो छोरा १४ बर्षको उमेर र कान्छि छोरि १४ बर्षको उमेर देखि हातखुट्टा नचल्ने, हिडन नसक्ने लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने रोगको शिकार भएको अमिनिले वताईन् । अहिले तिनै बच्चा हातखुट्टाले मात्र ख्रिसेर हिडने गरेका छन्, शौचालयमा जादा पनि एकजनाले सहयोग गनु परेको छ ।
दिर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र सम्झना १० कक्षा पास हुन् । अपाङ्ग नहुँदा सम्म बिद्यालयमा गएर पढे, पछि बिस्तारै हातखुट्टा नचल्ने र लुलो हुदै शारिरिक रुपमा अपाङ्ग भइसकेपछि सबैले बिद्यालय छोडेको सम्झना गिरिले वताईन् । छोरा छोरी अपाङ्ग भएपछि उपचार गर्नका लागि सबै जग्ग बिक्रि समेत गरयौ, तर ठिक नभएको बुवा भक्क्त गिरीले वताएका छन् । कहाँ लिएर ठिक हुन्छ कुनै जानकारी पनि भएन्, जस्ले जहाँ लेउ भन्यो, उतै लियौ, ठिक पनि भएन सम्पत्ति पनि नरहेको भक्त्तले वताए । अहिले त काठमाडौ चेकजाँच गर्नका लागि समेत पैशा नभएको र अर्को कहाँ लिएर उपचार गर्ने कुनै जानकारी नभएको उनले वताए ।
बच्चाहरुलाई ठिक होला भनेर धर्म कर्ममा पनि लाग्यौ, तर कतै ठिक भएन् । कसैले हिन्दु धर्म परिर्वतन गरेर क्रियचन र्धम माने ठिक हुन्छ भन्यो, एक बर्ष सम्म त क्रियचन धर्म समेत मानेको भक्क्त गिरीले वताए । क्रिचयन धर्मका पास्टर लाल बहादुर पुन हप्ताको एकचोटि कोल्टिमा रहेको चर्चमा वोलायो, पैशा समेत माग्यो, थिक हुन्छ भन्यो, हप्ता हप्ता बच्चा बोकेर चर्चमा पुयाउने गरेको थिए । तर ठिक नभएपछि अहिले पुन हिन्दु धर्म तिर फर्केको वताए । एकातिर धर्मपरिर्वतन गरयौ, अर्को धर्म परिर्वतन गरेका कारण गाउमा सम्बन्ध समेत बिग्रीयो, न छोरा छोरीलाई ठिक भयो न गाँउको सम्बन्ध राम्रो बन्यो भक्तले वताए ।
स्थानिय लक्षमण जोशिले भने भक्त गिरीका तिन वटै बच्चा पढाईमा पनि राम्रो थिए । बिस्तारै हुर्कदै गर्दा अपाङ्ग भएपछि जिन्दगी नै अन्धकार भएको जोशीले भने । पटक पटक स्थानिय स्वास्थ्य संस्था धनगढी महेन्द्रनगरमा उपचारका लागि लगे त्यहाँ ठिक हुन सकेन् । आर्थिक कमजोर भएकाले तिनिहरुको उपचार हुन नसकेको भएको सम्पत्ति सबै सिद्धिसक्यो, न उपचार भयो न सम्पत्ति रहयो लक्ष्मणले वताए ।

चर्चामा

सम्बन्धित समाचार