बिहिबार, असार ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

  • बिहिबार, असार ११, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा— जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३४ वर्षीय सागरबहादुर शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी स्थानीय जुकोटबाट जोरु जाने बाटो नजिकै करिब २० मिटर तलको भिरमा लडेको अवस्थामा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय स्वामिकार्तिकका अनुसार आज बिहान करिब ६ बजे सागरबहादुरको शव फेला परेको जानकारी मृतकका दाइ कृष्णबहादुर शाहीले टेलिफोनमार्फत प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ हवल्दार चन्द्रबहादुर कठायतको कमाण्डमा टोली खटिएको थियो।  थप टोली समेत घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।  घटनास्थल इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट करिब १८ किलोमिटर पूर्व पर्ने क्षेत्र हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार