आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

बुढीगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

  • आइतवार, जेष्ठ २४, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाले “व्यवसायिक कृषि, नगरको समृद्धि” भन्ने मूल नारासहित बृहत कृषि मेला प्रदर्शनी गरेको छ । शनिवार बृहत कृषि, खाद्य परिकार र सिप विकास तथा प्रशिक्षण केन्द्रबाट उत्पादित वस्तुहरुको प्रदर्शनी मेला–२०८३ कार्यक्रम गरिएको हो ।

बुढीगंगा नगरपालिका कृषि विकास शाखा र सिप विकास तथा प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालन भएको प्रदर्शनी मेलामा सहारा नेपाल, रेराज परियोजना लगायत संस्थाहरुले समेत आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

नगर प्रमुख रामबहादुर बानियाँले सिप विकास तथा प्रशिक्षण केन्द्रबाट तथा स्थानीय स्तरमा उत्पादन गरिएका विभिन्न कृषि उपज वस्तुहरु प्रदर्शनी मेला आयोजना गरिएको बताए । बृहत कृषि मेला प्रदर्शनीमा कृषक तथा पालिकाद्धारा उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनी गरिएको थियो भने सिप विकास तथा कृषि उपजको उत्पादनमा वृद्धि तथा बजारीकरणमा जोड दिन मेलाको आयोजना गरिएको नगर प्रमुख बानियाँले बताए ।

बृहत कृषि मेलामा सिप विकास तथा प्रशिक्षण केन्द्र र कृषकहरुबाट उत्पादित कृषि उपज वस्तु तथा रैथाने बालीहरु खाद्यान्न बाली, दलहन, तरकारी, फलफूल बाली, मसला तथा नगदे बाली लगायत विभिन्न प्रकारका वस्तुहरु प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट वस्तुहरुलाई पुरस्कृत समेत गरिएको छ । पालिका तथा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गरेर मेलामा सहभागी कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको गरिएको भन्दै यस्ता कार्यक्रमले स्थानीय स्तरमा कृषि उपज वस्तुहरुको उत्पादनमा वृद्धि हुने अपेक्षा रहेको नगर उपप्रमुख माया खड्काले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार