
बाजुरा–बाजुराको सदरमुकाम मार्तडी बजारबाट खुकुरीसहित चार जना पक्राउ परेका छन् । आइतबार मार्तडी बजारबाट एक थान खुकुरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुढीगंगा–८ दिपेन्द्र कुमाल, समिर कुमाल, सोही नगरपालिका ९ का सन्जु सिंह र अभिषेक सेराला रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले मार्तडीको गैरी बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


