बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको बुढीगंगा र कर्णाली नदीमा पक्की पुल निर्माण गर्न सांसद गिरीको माग

बाजुराको बुढीगंगा र कर्णाली नदीमा पक्की पुल निर्माण गर्न सांसद गिरीको माग

  • मङ्लबार, जेष्ठ ५, २०८३
सेयर गर्नुहोस् :
बाजुराको बुढीगंगा र कर्णाली नदीमा पक्की पुल निर्माण गर्न सांसद गिरीको माग

बाजुरा–प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाजुराबाट निर्वाचित सांसद जनकराज गिरीले बाजुराका दुई वटा स्थानीय तह अहिलेसम्म सडक सञ्जाल नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले सुदूरपश्चिमका ८८ मध्ये अझै दुई पालिकामा सडक सञ्जालको पहुँचबाट वञ्चित हुनु परेको बताएका हुन् ।

उनले भने,“बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी र त्रिवेणी नगरपालिकाको बुढीगंगा नदीमा पुल नहुँदा स्थानीय नागरिकले सडक सञ्जालबाट वञ्चित हुनु परेको छ ।” त्रिवेणी जोड्ने बुढीगंगा नदीमा २०७८ साल फागुन ९ गते ठेक्का भएर ०८१ फागुन १० गते सम्पन्न हुनु पर्नेमा त्यो अहिलेसम्म अलपत्र परेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली नदी र बुढीगंगा नदीमा तत्काल पक्की पुल निर्माण गर्न समेत सांसद गिरीले सरकार समक्ष माग गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार