बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चिनी निर्यातमा भारतको प्रतिबन्ध

चिनी निर्यातमा भारतको प्रतिबन्ध

  • आइतवार, जेष्ठ ३, २०८३
सेयर गर्नुहोस् :
चिनी निर्यातमा भारतको प्रतिबन्ध

भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले बजारमा चिनीको सहज आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन भन्दै भारतले सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । यस्तो स्थितिमा नेपालमा चिनीको अभाव हुने त होइन भन्ने चिन्ता देखिएको छ ।

तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा सञ्चालित चिनी उद्योग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग गरी करिब ८ महिनाको माग धान्न सक्ने चिनी उपलब्ध रहेको दाबी गरेको छ । मन्त्रालयले ८ महिनालाई पुग्ने चिनी रहेको दाबी गरिरहँदा मन्त्रालयकै एक उच्च अधिकारीले भने नेपाली बजारमा चिनीको अभाव हुन सक्ने देखिएको रातोपाटीलाई बताए । नेपालको वार्षिक मागको तुलनामा अहिलेको मौज्दात निकै न्यून रहेको कारणले आगामी चाडबाडमा चिनीको संकट पर्न सक्ने जोखिम बढेको उनको भनाइ थियो ।

नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ । ‘चिनी उद्योगीहरूले बजारमा ६०–७० हजार टन मौज्दात रहेको र यसले खासै असर नपर्ने दाबी गरे पनि हाम्रो माग र आपूर्तिको अवस्था हेर्दा अभाव हुने देखिन्छ,’ उनले भने । विशेषगरी दसैँ, तिहारजस्ता चाडपर्वमा चिनीको माग अरू महिनाको तुलनामा धेरै हुने भएकाले यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न सक्ने उनको बुझाइ छ ।

चर्चामा

सम्बन्धित समाचार