बाजुरा—बडीमालिका नगरपालिका अन्तर्गतका विद्यालयहरूको एसईई २०८३ को नतिजा उत्कृष्ट रहेकाे छ । नगरपालिकाभित्रका १० वटा विद्यालयबाट सहभागी २ सय ५३ विद्यार्थीमध्ये २ सय ८ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् । समग्र उत्तीर्णदर ८२.२९ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक नतिजाअनुसार केही विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । वडा नं. ५ स्थित कैलाशेश्वरी माध्यमिक विद्यालय, वडा नं. ७ स्थित ज्ञानोदय माध्यमिक विद्यालय तथा वडा नं. ८ स्थित क्रेटरजोन एकेडेमीले शतप्रतिशत नतिजा हासिल गरेका हुन् ।
यसैगरी वडा नं. ८ कै मालिका माध्यमिक विद्यालयबाट सबैभन्दा बढी १ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ३८ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् । उक्त विद्यालयको उत्तीर्णदर ९२.६२ प्रतिशत रहेको छ ।
वडा नं. ३ को चौराकोट माध्यमिक विद्यालयले ९२.३१ प्रतिशत नतिजा ल्याउँदा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ९०.९१ प्रतिशत, लक्ष्मी माध्यमिक विद्यालयले ७० प्रतिशत तथा कैलाश माध्यमिक विद्यालयले ३८.४६ प्रतिशत नतिजा हासिल गरेका छन् ।
यस्तै वडा नं. १ को जाल्पा माध्यमिक विद्यालय र वडा नं. २ को सत्यवादी माध्यमिक विद्यालयको उत्तीर्णदर समान ३३.३३ प्रतिशत रहेको छ ।नगरपालिकाले विद्यालयगत नतिजा विश्लेषण गर्दै शैक्षिक गुणस्तर सुधारका लागि थप योजना र कार्यक्रम अघि बढाइने जनाएको छ ।