बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडिमालिका नगरपालिकाको वर्षे नगरसभा आजदेखी सुरु

बडिमालिका नगरपालिकाको वर्षे नगरसभा आजदेखी सुरु

  • बिहिबार, बैशाख ३, २०८३
सेयर गर्नुहोस् :
बडिमालिका नगरपालिकाको वर्षे नगरसभा आजदेखी सुरु

बाजुरा— बडिमालिका नगरपालिका को वर्षे नगरसभा आजबाट औपचारिक रूपमा शुभारम्भ भएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभाको आजदेखी सुरु गरिएको हो। नगर प्रमुख अमर खड्काको अध्यक्षतामा सुरु भएको सभामा नगरको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नीतिगत कार्यक्रमहरू पेश गरिएको जनाइएको छ।
नगरपालिकाका अनुसार नगरसभा आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ। सभामा आगामी आर्थिक वर्षका योजना, बजेट, विकास निर्माणका प्राथमिकता, सामाजिक क्षेत्र सुधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकाससम्बन्धी विषयमा छलफल गरिनेछ।
नगरसभाबाट नगरवासीको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा नीति, कार्यक्रम तथा बजेट पारित गरिने अपेक्षा गरिएको छ। स्थानीय सरकारको वार्षिक नीति निर्माण र विकास मार्गचित्र तय गर्ने महत्त्वपूर्ण थलोका रूपमा नगरसभालाई हेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार