
बाजुरा– बाजुराको बडीमालिका ७ ढम्कनेको एक फर्निचर उध्योगमा आगलागी भएको छ । स्थानिय सुरेन्द्र बहादुर धामीको फर्निचर उध्योगमा आगलागी भएको हो ।
राति १२ बजेतिर बिजुलीको तार सट भएर उध्योगमा आगलागी भएको बडीमालिका ७ का वडा सदस्य लोकेन्द्र बहादुर रोकायाले बताएका छन।
राती नै स्थानियकाे सक्रियतामा आगालगी नियन्त्रण गरे पनि उध्याेगमा रहेका सबै मेशीन काठहरु भने पुर्णरुपमा नष्ट भएकाे वडासदस्य राेकायाले बताए । करिव २० देखी २५ लाखसम्मकाे क्षेती भएको अनुमान गरिएकाे वडासदस्य राेकायाले बताएका छन ।


