बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कला /साहित्य
  • कविता: पागल प्रेमी

कविता: पागल प्रेमी

  • मङ्लबार, चैत्र १०, २०८२
सेयर गर्नुहोस् :
कविता: पागल प्रेमी

कविता: पागल प्रेमी
यो सहरको भीडमा उसलाई बहुला भन्छन् मान्छेहरू,
तर उसले त केवल एउटा अनुहारको मन्दिर बनाएको छ।
जहाँ सबैले ढुङ्गा पुज्छन्,
उसले भने आफ्नो मुटुको धड्कन चढाएको छ।
न समयको होस छ उसलाई, न त ऋतुको बदली,
उसको पात्रोमा त केवल एउटै मिति सधैं कोरिएको छ।
जुन दिन उनी मुस्कुराएकी थिइन्,
त्यही एक पलमा उसको पुरै जिन्दगी रोकिएको छ।
खिया परेका सम्झनाहरू बोकेर हिँड्छ ऊ,
खाली खुट्टा, च्यातिएको कोट, र आँखामा एउटा सपना।
दुनियाँले उसलाई दुनियाँभन्दा बाहिरको ठान्छन्,
तर उसको दुनियाँ त केवल ‘उनको’ यादमा अडिएको छ।
प्रेममा होस हराउनु नै उसको होस हो,
आफैलाई बिर्सनु नै उसको परिचय हो।
उसलाई ‘पागल’ भन्नु त केवल शब्दको भूल हो,
ऊ त प्रेमको त्यो गहिराइ हो, जहाँ पुग्ने साहस कसैको छैन।

गौरब विष्ट समर्पण

चर्चामा

सम्बन्धित समाचार