
बाजुरा—प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई बिदाई गरिएको छ । बाजुरामा निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै निर्वाचन प्रहरीहरुको बिदाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आज एक औपचारिक कार्यक्रम आयोजना गरी ४० दिनमा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरेको जनाएको छ । निर्वाचनका लागि बाजुरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरुले निर्वाचन प्रारम्भदेखि मतगण्ना सम्पन्न हुँदासम्म करिब ४० दिन सेवा दिएका थिए ।








