
बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिका–२, साप्पाटाका स्थायी बासिन्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराका जिल्ला सचिव पूर्ण बहादुर बुढा नेकपा एमालेमा प्रबेश गरेका छन्। बुढाले राजनीतिक यात्राको नयाँ मोडका रूपमा नेकपा एमालेमा पुनः आबद्ध भएको घोषणा गरेका हुन । स्थानीय तहदेखि जिल्लासम्म पार्टी संगठनमा सक्रिय रहेका बुढा पछिल्लो दुई बर्षदेखी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच बुढालाई पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापा र नरेशकुमार रोकाया पार्टी सचिव काशी विक लगायतका नेताहरुले स्वागत गरेका छन् । उनको एमाले प्रवेशले जिल्लाको राजनीतिक गतिविधिमा नयाँ तरंग ल्याएको छ । एमाले केन्द्रीय सदस्य कर्ण बहादुर थापाले बुढाको अनुभव र संगठनात्मक क्षमताले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
यस विषयमा पत्रकारहरुसंग प्रतिक्रिया दिँदै बुढाले मुलुकको समग्र विकास, स्थायित्व र समृद्धिको यात्रामा एमाले उपयुक्त विकल्प भएको भन्दै पार्टीमा फर्किएको बताएका छन्। रास्वपामा पार्टीमा देश परिर्वतनको स्पष्ट निती बिधी केही पनि देखीएन त्यही भएर एमालेमै फर्किएको उनको भनाई रहेको छ ।
