
नयालाई रोज्दा विदेशीको दलाल नहोस्
चुनाव पछि फेरी देशमा यो सवाल नहोस।
साधन श्रोत सबै छन् देश स्वर्गतुल्य हाम्रो,
उत्पादन गर्नैपर्छ देशमा अनिकाल नहोस्।
कलकारखाना निर्माण हौस् रोजगार पनि,
युवा खानकै लागि विदेशीको ढाल नहोस्।
शान्ति सुब्यवस्था सबैलाई चाहिएको यही,
जनताले चुनेको नेता फाला फाल नहोस्।
आज गिजाउंछन् ह्याप्छन् विदेशमा जांदा,
अब उप्रान्त यो देश यस्तो कङ्गाल नहोस्।
तल देखुन् माथिसम्म भ्रष्टाचारले जेलेको,
सङ्गीयता तन्काउंदा जोगिको चाल नहोस्।
