• होमपेज
  • कला /साहित्य
  • गाेविन्द्र राज तिमिल्सेना(कुशुम कान्छाे) का केही मुक्तकहरु

गाेविन्द्र राज तिमिल्सेना(कुशुम कान्छाे) का केही मुक्तकहरु

  • मङ्लबार, माघ २८, २०८२
गाेविन्द्र राज तिमिल्सेना(कुशुम कान्छाे) का केही मुक्तकहरु

सजिलै रुपमा ढलाई दिन्छु ढाल्नु पर्छ भने
निभाउनु हुन्न मायाकाे दिप बाल्नु पर्छ भने
साँच्चै अब अरुसंग साईनाे जाेडेर के काम,
जिन्दगी भर तिमिलाई नै अगाल्नु पर्छ भने ।।

काले गए गाेरे आउँछन् देशमा पनि अचेल
नानाथरी कुरा लाउँछन् देशमा पनि अचेल
हुने खाने धनीहरुकाे लागी सबै सजिलाे छ,
गरिबले नै दु:ख पाउँछन् देशमा पनि अचेल।।

सयाैँ खाेलानाला तरीन्छ भर छैन जिन्दगीको
आखिँर कुन दिन मरीन्छ भर छैन जिन्दगीको
सधैँ सत्य सहि काम मात्रै आउँछ कसरी भन्नु,
कुन दिन अत्याचार गरीन्छ भर छैन जिन्दगीको ।।

उनकै यादमा कता-कता हराएकाे थिएँ
अर्कैले लिन्छ भनेर साह्रै डराएकाे थिएँ
हर समय रेखदेख हुन्छ भनेर मैले पनि,
तिम्राे घरकाे नजिक डेरा सराएकाे थिएँ ।।

 

चर्चामा

सम्बन्धित समाचार