गजल : बडिमालिका खबर

  • मङ्लबार, माघ २८, २०८२
गजल : बडिमालिका खबर

सत्य बोल्ने साहस बोकेको बडिमालिका खबर,
जनताको आवाज बोलाएको छ खबर।
अँध्यारो समय उज्यालो बन्दै हिँड्छ,
दियो जस्तै निभ्न नजानेको छ खबर।
पहाड–बस्ती, दुःख–सपना सबै समेटी,
आशाको सन्देश सुनाएको छ खबर।
लोभ र डरलाई पर राखी सधैं,
निष्पक्षताको बाटो रोजेको छ खबर।
आज उत्सवमा गर्वले भन्छौं हामी,
बडिमालिकाको पहिचान बनाएको छ खबर।
भविष्यमा पनि सत्यकै साथ रहोस्,
कलमको मर्यादा जोगाएको छ खबर।

चर्चामा

सम्बन्धित समाचार