• होमपेज
  • मधेस प्रदेश
  • ऋषि धमला रौतहट–४ बाट चुनाव लड्दै

ऋषि धमला रौतहट–४ बाट चुनाव लड्दै

  • मङ्लबार, माघ ७, २०८२
ऋषि धमला  रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं– पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को टिकट पाएका छन् ।

आम जनता पार्टीबाट टिकट पाएका धमलाको चुनाव चिह्न मोबाइल हुनेछ । उनी मनोनय दर्ताका लागि अहिले रौतहट गइरहेका छन्।

उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णय सार्वजनिक गरेकी हुन् ।

पत्नी गौतमले पत्रकारितामार्फत सत्यका पक्षमा उभिँदै आएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास पत्नी गौतमले राखेकी छन्। उनले सेवाका लागि राजनीतिमा प्रवेश गरेकोसमेत उल्लेख गरेकी छन्।

चर्चामा

सम्बन्धित समाचार