• होमपेज
  • राजनीति
  • बाजुरामा चुनाव लड्न कांग्रेसले बनायो जनक गिरीलाई उम्मेदवार

बाजुरामा चुनाव लड्न कांग्रेसले बनायो जनक गिरीलाई उम्मेदवार

  • सोमवार, माघ ६, २०८२
बाजुरामा चुनाव लड्न कांग्रेसले बनायो जनक गिरीलाई उम्मेदवार

बाजुरा—नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा जनक गिरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले सोमवार बाजुराबाट चुनाव लड्न नेता गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत हुन् । यसअघि कांग्रेस जिल्ला कार्य समितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो ।

अहिले पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले बाजुराबाट चुनाव लड्न सहज रुपमा टिकट पाएको जनाएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा रहेका नेता गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।

चर्चामा

सम्बन्धित समाचार