
बाजुरा– सुरक्षित आप्रवासन (सामी) सामी कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ। बुढिनन्दा नगपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) सामी कार्यक्रम तथा रोजगार सेवा केन्द्रको सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो।
वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सुरक्षित, कानुनी र मर्यादित प्रक्रियामार्फत मात्र विदेश जानुपर्ने आवश्यकता बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पनोपरामर्स कर्ता मनु रोकायाले बताईन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण तथा जोखिम न्यूनीकरणका लागि सचेतना अत्यन्त आवश्यक रहेको सामि कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बताए।
कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी कानुनी प्रक्रिया, श्रम स्वीकृति, सम्झौता पत्र, बीमा, समस्या पर्दा सम्पर्क गर्नुपर्ने निकाय तथा सुरक्षित आप्रवासनका उपायहरूबारे जानकारी दिइएको थियो। नगर प्रबक्ता तथा कार्यवहाक नगर प्रमुख जंगबिर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र विभिन्न वडाका प्रतिनिधि तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यक्रम उपयोगी, जानकारीमूलक र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। नगरपालिकाको सभाहलमा सञ्चालन भएको अभिमुखिकरण कार्यक्ररमको प्रशिक्षण सामी कार्यक्रम अधिकृत लक्ष्मि चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन रोजगारसेवा केन्द्रका संयोजक रतन धामीले गरेका थिए
