शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजारको आगो २ घण्टापछि नियन्त्रणमा, करोडौंको धनमाल जलेर खरानी

मार्तडी बजारको आगो २ घण्टापछि नियन्त्रणमा, करोडौंको धनमाल जलेर खरानी

  • मङ्लबार, मंसिर १७, २०८२
मार्तडी बजारको आगो २ घण्टापछि नियन्त्रणमा, करोडौंको धनमाल जलेर खरानी

बाजुरा—बाजुराको सदरमुकाम मार्तडी बजारमा लागेको आगो करिब २ घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आज दिउँसो साढे १२ बजे सुरु भएको आगो सुरक्षाकर्मी तथा स्थानीयहरुको सक्रियतामा २ बजेपछि मात्रै आगो नियन्त्रणमा लिइएको हो ।

बडीमालिका नगरपालिका वडा नम्बर ८ का व्यवसायी प्रकाश थापाको न्यू सागर फर्निचर उद्योग तथा ग्यारेजमा भीषण आगलागी भएको थियो । पसलमा काठको काम भइरहेको बेला एक्कासी तार सट भएर आगलागी भएको हो ।
May be an image of foundry

पसलमा आगो देखिए लगत्तै स्थानीयहरुले निभाउने प्रयास गरेका थिए । तर प्रयाप्त पानी नहुँदा र पसलभित्र सिलिण्डर ग्याँस हुन सक्ने आशंका गरे । त्यसले थप अन्य भौतिक तथा मानविय क्षति हुन सक्ने भन्दै नजिक आउन सकेन । पछि ठूलो संख्यामा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरे । पसलमा काठ र ग्यारेजका जलन सामान बढी हुँदा तत्काल आगो निभाउन सकिन । आगो करिब २ घण्टापछि मात्रै पूर्ण रुपमा नियन्त्रणमा आयो ।

May be an image of lumberyard आगलागीबाट पसलमा रहेको सम्पूर्ण फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका सामानहरु जलेर नष्ट भएका छन् । ग्यारेजमा रहेका फलाम बाहेक अन्य सबै सामग्री जलेर खरानी भएका छन् । उक्त पसल वरिपरि रहेका घरमा भने आगो लाग्न पाएन् ।
May be an image of one or more people and foundry

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युतको तार सट भएर नै आगलागी भएको अनुमान गरिएको छ । उनले आलगालीबाट फर्निचर र ग्यारेजसँग भएकाले करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण एकिन गर्ने काम भइरहेको बताए । सो विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ ।
May be an image of one or more people and crowd

त्यस्तै जिल्ला सदरमुकाम मार्तडी, बाम्का, कोल्टी जस्ता ठूला बजारहरुमा दिनप्रतिदिन आगलागीका घटनाहरु बढिरहेका छन् तर नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा थप बढी क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको छ ।
No photo description available.

May be an image of fire, train and text

चर्चामा

सम्बन्धित समाचार