शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • ४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

  • शनिबार, मंसिर १४, २०८२
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ६ निवासी शिक्षक गोपालसिंह बोहरा लामो शिक्षण पेशापछि अवकाश भएका छन् । ४३ बर्षसम्म शिक्षण पेशापछि शिक्षक बोहरा सोही पालिकाको भानोदय माध्यमिक विद्यालयबाट अवकाश भएका हुन् ।

शिक्षक बोहराले २०३९ सालदेखि शिक्षण पेसामा रहेर करिब ३० बर्षसम्म विभिन्न विद्यालयमा प्राधानाध्यापकको जिम्मेवारी समेत सम्हालेका थिए । उनले अहिले सेवा निवृत्त भएका भानोदय माविमा सुरुमा प्रावि हुँदा पनि करिब २० बर्ष प्रधानाध्यापक समेत भएका थिए । अहिले शिक्षककाे रुपमा कार्यरत बाेहरा सोही विद्यालयबाट अवकाश भएका छन् । ४ दशक बढी शिक्षण पेशामा जीवन बेथित गरेका शिक्षक बोहरालाई भानोदय माविले शुक्रवार एक औपचारिक कार्यक्रमबिच सम्मानसहित बिदाइ गरेको जनाएको छ । विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस सहित अभिभावकहरुले फूलमाला अबिरसहित प्रमाणपत्र, मायाको चिनोले सम्मान सहित बिदाइ गरेका हुन् ।

शिक्षक बोहराले विद्यालयमा गरेको अतुलनिय योगदान तथा समग्र शैक्षिक क्षेत्रको विकासमा गरेको योगदान अविष्मरणीय रहेको भन्दै विद्यालय परिवारले धन्यावाद दिएको छ । त्यस्तै शिक्षक बोहराले विद्यालयको स्थापनाकाल देखि नै विद्यालयको विकासका लागि काम गरेको भन्दै अब अभिभावकको नाताले पनि सदैव लागि रहने बताए ।

चर्चामा

सम्बन्धित समाचार