शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • एकै घरबाट ५ थान बन्दुक बरामद

एकै घरबाट ५ थान बन्दुक बरामद

  • शुक्रबार, मंसिर १३, २०८२
एकै घरबाट ५ थान बन्दुक बरामद

बैतडी— बैतडीमा प्रहरीले एकै घरबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । पाटन नगरपालिका –७ उपल्लाबाटुलाका ५२ वर्षीय भागीराम लुहारको घरबाट बन्दुक बरामद भएको हो ।

लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो प्रहरी खटिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोसाकमा खटिएको टोलीले खानतलासी गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

लुहार अहिले उपचारका सिलसिलामा भारतमा रहेको बुझिएको र उक्त विषयमा थप अनुसन्धान भइरहेको बडूल बताए ।

चर्चामा

सम्बन्धित समाचार