
बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै स्थानीयलाई राहतको संदेश दिएका छन्। शनिबार पहिरो प्रभावित क्षेत्र पुगेर उनले आगामी वर्षदेखि पहिरो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरिने र प्रभावित विद्यालयको पुनर्निर्माण तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार रहने प्रतिबद्धता जनाएका छन ।
अवलोकनका क्रममा मुख्यमन्त्री शाहले भने, “अर्को वर्ष तपाईंहरूलाई यस्तो दुःख पर्न दिन्नौं। पहिरो नियन्त्रणका आवश्यक पूर्वाधार बनाउन र विद्यालयका लागि छुट्टै बजेटको व्यवस्था गरिने छ।”
उनका अनुसार हालकाे पहिरोका कारण मार्तडी काेल्टी सडक र नजिकै रहेकाे लक्ष्मी माध्यामिक बिध्यालय जोखिममा परेको छ र विद्यालयको पठनपाठन प्रभावित भएकाले तत्काल राहत र दीर्घकालीन समाधान दुवैमा सरकार गम्भीर रहने बताएका छन ।
मुख्यमन्त्री शाहलाइ बडीमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले पहिरो नियन्त्रणका स्थायी संरचना र विद्यालय व्यवस्थापनमा सरकारले छिटो कदम चालिदिन आग्रह गरेका छन्।
