शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराद्धरा जिल्लाकाे स्वास्थ्य सम्बन्धी सर्बपक्षिय भेलाको माग

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराद्धरा जिल्लाकाे स्वास्थ्य सम्बन्धी सर्बपक्षिय भेलाको माग

  • आइतवार, कार्तिक १७, २०८२
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाजुराद्धरा जिल्लाकाे स्वास्थ्य सम्बन्धी सर्बपक्षिय भेलाको माग

बाजुरा– जिल्लाको जिल्ला अस्पतालमा रक्क्त संचार र मानव स्वास्थ्य माथि खेलवाड भएको भन्दै नागरिकमा तीव्र आक्रोश उत्पन्न भएको बेला अनेरास्ववियू बाजुरा र राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण पत्र बुझाएकाे छ । नागरिकको स्वास्थ्य अधिकारमाथि खेलवाड भएकाे भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा, जिल्ला अस्पताल, र सम्बन्धित निकायहरू बीचको सम्बन्धका कारण अस्पतालबाट हुने रक्तसंचार सेवा प्रति तत्काल समस्या समाधानका लागि ध्यानकर्षण पत्र बुझाएका हुन।

जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाईटी बाजुराले अहिलेसम्म पनि रक्तसंचार सेवा संचालन गर्न नसकेको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बाजुराले जिल्ला प्रशासन मार्फत ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवा संघ नेपाल बाजुराका स‌याेजक बिष्न बहादुर कार्कीले बताएका छन । ध्यानाकर्षण पत्रमा भनिएको छ, “जिल्लावासीको जीवनरक्षा गर्ने अस्पतालमा नागरिकहरु रगत नपाएर भौतारीन बाध्य भएका छन्। यो केवल प्रशासनिक समस्या होइन, जनजीवनसँग राज्यको प्रत्यक्ष खेलवाड हो।” नेपाल रेडक्रस सोसाइटी र जिल्ला अस्पतालबीचको आन्तरिक विवाद र पदको स्वार्थले बाजुराबासी नागरिकको स्वास्थ्यमा खेलवाड भएको अनेरास्ववियू बाजुरा र राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला प्रशासन कार्यालयमा बुझाएकाे ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

  “यदि केही दिनभित्र ठोस पहल र कार्ययोजना नआए सडक आन्दोलन, धर्ना, र असहयोगका कार्यक्रम अघि बढाइने अनेरास्वियु बाजुरका सचिव लक्ष्मण राेकायाले बताएका छन ।  “राज्य र जिम्मेवार निकायले जनताको आवाज सुन्ने, बुझ्ने र समस्या समाधान गर्ने जिम्मेवारीबाट पन्छिन सक्दैन। जनताको पीडा हेरेर चुप बस्ने हो भने नागरिक स्वतः सडकमा उत्रिने।” सचिव राेकायाले बताए ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष बिष्न बहादुर कार्की र अनेरास्ववियु बाजुराका सचिव लक्ष्मण रोकायाको सयुक्त हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा बाजुराको स्वास्थ्य प्रणाली ‘निष्क्रिय, दिशाहीन र नागरिकमाथि अत्याचार’को प्रतीक बनेको उल्लेख गरेका छन ।
No description available.

चर्चामा

सम्बन्धित समाचार