
बाजुरा—बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटना भएको छ । शनिवार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्ता भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।
कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको जनाएको छ ।
बस कसरी दुर्घटना भयो र के कति क्षति भयो भन्ने बारेमा एकिन विवरण प्राप्त हुन सकेको छैन् । अहिले प्रहरीको टोली दुर्घटना स्थलतर्फ गइरहेको छ ।
त्यस्तै, करिब पाँच महिनापछि यहीँ कार्तिक ५ गतेबाट सडक मर्मत गरी पुनः मार्तडी–कोल्टी बस सञ्चालनमा ल्याइएको थियो ।
